आजबाट सिनेमा हलमा क्रृ !

अनमोल केसी,अदिति बुढाथोकी अभिनित चलचित्र क्रृ ले आजबाट प्रर्दशन आरम्भ गरेको छ । वर्षकै सबै भन्दा धेरै चर्चीत यो चलचित्रले एक साथ करीब एक सय पन्द्र वटा हलबाट प्रर्दशन आरम्भ गरेको निर्माण पक्षले जानकारी गराएको छ । काठमान्डौं बाहीर पचहत्तर वटा हल पाएको क्रृ ले काठमान्डौमा चालिस वटा हल पाएको बताईएको छ ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र प्याडमेन सँग जुध्न पुगेको क्रृ ले काठमान्डौं लगायत बहिरका मल्टीप्लेक्स सिनेमा हलमा पनि प्याडमेनले भन्दा धेरै हल पाएको छ । यस हिसाबले हेर्दा क्रृ ले प्याडमेनको ब्यापारलाई ध्वस्त पार्ने अनुमान गरिएको छ ।
सुवास ईन्टरटेन्मेन्ट र काजोल फिलिम्सको ब्यानरमा सुवास गिरि,भुवन केसीले निर्माण गरेको क्रृ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्, भने अनमोल र अदितिका अलावा रुपा राना,अनुप बिक्रम शाही, कामेश्वर चौरासीया लगायत कलाकारले पनि अभिनय गरेका छन् । 

Powered by Blogger.