कोहलपुर एक्सप्रेसको दोश्रो गित रिलिज हेर्नुस (भिडियो सहित)

अभिनेत्री केकी अधिकारीको प्रस्तुतीमा निर्माण भएको चलचित्र कोहलपुर एक्सप्रेसको दोश्रो गित रिलिज भएको छ ।
अजुर्न पोख्रेलको शब्द तथा संगितमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको अब मन सँग मन बोल रहेको यस गितको भिडियोमा केकी अधिकारी र बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ, भने गम्भिर विष्टले कोरीयोग्राफी गरेका छन् ।
बिशाल भण्डारीको निर्देशन रहेको कोहलपुर एक्प्रेसमा केकी र बिनोदका अलावा ऋचा शर्मा,प्रियंका कार्की,बुद्धि तामाङ्ग,रविन्द झा र बाल कलाकार कुशाग्र भट्टराईले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
भद्र बहादुर शाही,देवीलाल न्यौपाने,शिब प्रसाद चौलागाँई निर्माता रहेको यस चलचित्रमा बिशाल भण्डारीको कथा,अर्जुन तिवारीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । यो चलचित्रले बैशाख १४ गतेबाट प्रर्दशन आरम्भ गर्ने भएको छ ।


Powered by Blogger.