सन्दिपको निर्देशनमा कहिले नथाक्ने सुरभीका पाईला (भिडियो सहित)

पछिल्लो समय फिल्मको गित मात्रै नभएर म्युजीक भिडियो  पनि बिदेशी छायांकन गर्ने परिपाटीले तिब्रता पाउन थालेको छ । म्युजिक भिडियोलाई बिदेशी भुमिमा छायांकन सँगै गर्ने सँगै लगानीमा पनि बृद्धी गर्न थालीएको छ । पछिल्लो समय प्रेम दिवसको अवसर पारेर एउटा गितको भिडियो सार्वजनीक भएको छ । म सधै बोल रहेको यस गितको भिडियोलाई अष्ट्रेलीयामा छायांकन गरीएको हो भने यसको लगानी पनि करिब ४ लाख भएको निर्माण पक्षले जानकारी गराएको छ । यो गितको शब्द तथा संगित सुवानी मोक्तानको रहेको छ भने स्वर सुवानी र कमल खत्रीको रहेको छ ।
यस गितको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धरलाई प्रस्तुत गरिएको छ, भने भिडियोको निर्देशन सन्दीप श्रेष्ठले गरेका छन् । भिडियोमा सौरभ मानन्धरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।


Powered by Blogger.