बन्ने भयो जय शम्भु !

एक्सन लभस्टोरी जनराको चलचित्र जय शम्भु को छायांकन सुरु भएको छ । निर्माण पक्षले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण घोषणा सँगै यो चलचित्रको छायांकन सुरु बताएको छ ।
जुना फिलिम्सको ब्यानरमा निर्माण सुरु गरिएको यस चलचित्रमा प्रशान्त ताम्राकार,अनुप बिक्रम शाही र वर्षा सिवाकोटीले मुख्य भुमिकामा अभिनय गर्दैछन् ।
दिनेश शाही, अरविन्द्र शाक्य,चक्र पाख्रिन र  राजकुमार नगरकोटीको लगानी रहने यस चलचित्रबाट रोशन मर्हजनले डेब्यु गर्दैछन् ।
४५ दिनको सुटिङ्ग सेड्युल राखीएको जय शम्भुको छायांकन काठमान्डौं र अन्नपुर्ण बेसक्याम्पमा हुने छ ।
चलचित्रमा हरिघले लामाको छायांकन,श्री श्रेष्ठको द्धन्द,रामजि लामिछानेको कोरीयोग्राफी,अर्जुन पोख्रेल र प्रदिप कंडेलको रहने छ । 


Powered by Blogger.