पुर्वी नेपालमा धमाधम छायांकन हुँदै जय भोले !

गत मंगलबारबाट चलचित्र जय भोलेको छायांकन सुरु भएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन पुर्वी नेपालको झापा र ईलाममा हुने छ ।

मंगलबार अर्जुनधाराको जलेश्वरधाम शिव मन्दिरमा पुजाआजा संगै  छायांकन सुरु भएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्र मितिनी पछि चलचित्र निर्देशनबाट टाढा रहेका असोक शर्मा यो चलचित्रबाट करिब एक दशक पछाडी निर्देशकको रुपमा कमब्याक भएका छन । पहिलो दिन कलाकारहरु स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङ्गको छायांकन गरीएको छ । निर्माण पक्षका अनुसार यो चलचित्रको छायांकन चालीस दिन सम्मको हुने छ ।

आगामी दशैंको फुलपातीको दिनलाई प्रर्दशन मिति तोकेको जय भोले लाई फिल्म वल्र्ड प्रा.लि एए ग्रुप अफ कम्पनिजको ब्यानरमा निर्माण गर्न लागीएको छ । चलचित्रमा सलोन बस्नेत, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ्ग र राजाराम पौडेलले मुख्य भुमिकामा अभिनय गर्दैछन् ।


Powered by Blogger.