जय भोले मार्फत असोक शर्माको कमब्याक !

लामो समय देखी चलचित्र निर्माण र निर्देशनबाट टाढा रहेका असोक शर्मा फेरी चलचित्र निर्माण र निर्देशनमा फर्कीएका छन् । अब उनले निर्माण गर्ने चलचित्रको नाम जय भोले रहेको छ ।
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी शर्माले जय भोले निर्माण गर्ने औपचारीक घोषणा गरेका हुन् । जय भोले मा खगेन्द्र लामिछाने,सालोन बस्नेत,सौगात मल्ल,बुद्धि तामाङ्ग, राजाराम पौडेल,सुरेन्द्र केसी,स्वस्तीमा खड्का,जयनन्द लामा,बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहने बताईएको छ । यस चलचित्रको लेखन कार्य पनि खगेन्द्रले नै गरेका छन्, भने निर्देशन असोक शर्माले गर्दै छन् ।
शिबरात्रीको अवसर पारेर छायांकन प्रारम्भ गरीन लागेको जय भोलेको सम्पुर्ण छायांकन पुर्वको झापा र ईलाममा हुने छ । निर्माण पक्षका अनुसार यो चलचित्र एक करोड साठी लाखको बजेटमा बन्दै छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,बसन्त श्रेष्ठको नृत्य,राजनराज सिवाकोटी र कल्याण शिंहको संगित,रोशन बिक्रम भट्टराईको द्धन्द ,राजु ढुंगानाको सम्पादन र नगेन्द्र घिमिरेको निर्माण नियन्त्रण रहने छ ।

Powered by Blogger.