ईन्टु मिन्टु लण्डनमा को पहिलो गित रिलिज !

चलचित्र ईन्टु मिन्टु लण्डनमाको पहिलो गित रिलिज भएको छ । कोरियोग्राफीमा राम्रै सफलता हात पार्न सफल भएकी रेनेशा राई बान्तवाको डेब्यु निर्देशन रहेको यो चलचित्रको लिरिकल भर्सनमा थाहै भएन बोल रहेको गित रिलिज गरीएको छ ।
रिलिज गरिएको गितमा शब्द,स्वर तथा सँगित स्वप्न सुमनको रहेको छ ।
छायांकनको काम अझै बाँकी रहेको यो चलचित्र अब दोश्रो तालीका अनुसार नेपाली बैशाख महिनामा युकेमा छायांकन गरेर ईन्डक्ल्याप गरिने छ ।
आईकोर सिनेमाको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबरा निर्माता रहेको चलचित्र ईन्टु मिन्टु लण्डनमा सुलेखा राई,बसन्त तामाङ्ग र सुस्मिता जिरेल सह निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा साम्राज्ञी शाह,धिरज मगर, सरुख ताम्राकार लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।


Powered by Blogger.