ईन्द्र लामालाई निर्माता संघको आर्थिक सहयोग !

नेपाल चलचित्र निर्माता संघले मेकअप आर्टीस्ट ईन्द्र लामालाई आर्थिक सहयोग गरेको छ । लामा बिगत केही महिना देखी मनमोहन हस्पिटलमा मृगौला रोगको उपचार उपचार गराईरहेका छन् ।
बिगत ३ दशक देखी चलचित्र क्षेत्रमा सक्रिय रहेका लामालाई नेपाल चलचित्र निर्माता संघको कार्यसमिती सदस्यहरुबाट संकलन गरेर ३०,००० (तिस हजार) नगद सहयोग गरेको छ ।
उक्त रकम हस्तान्तरण गर्न संघका अध्यक्ष आकास अधिकारी,बरिष्ठ उपाध्यक्ष केशब भट्टराई,कार्यसमिती सदस्य करण श्रेष्ठ र कार्यलय सचिव सन्दिप शिंह बस्नेत हस्पिटलमा पुगेका थिए ।

Powered by Blogger.