पाँच देखी दश वर्ष भित्र बन्ने छ, दोलखामा फिल्म सिटि !

केही दिन अगाडी दोलखाको डाङडुङ्गे डाँडामा फिल्म (सुटिङ्ग स्टुडीयो) फिल्म सिटि को शिलान्यास भएको छ । तत्कालीन सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत र चलचित्र बिकास बोर्डका अध्यक्ष निकिता पौडेलले संयुक्त रुपमा फिल्म सिटिको शिलान्यास गरेका हुन् ।
समुन्द्री सतहबाट तिन हजार तिन सय मिटरको उचाईमा रहेको यस स्थानको उत्तर पुर्वी भेगबाट गणेश,जुगल र गौरीसंकर हिमाललाई निकै नजिबबाट देख्न सकिन्छ ।
दोलखाका स्थानीय तथा चलचित्रकर्मी मदनदास श्रेष्ठको संयोजगत्वमा त्यस स्थानमा फिल्म सिटिको निर्माण कार्य सुरु भएको छ भने सिटि निर्माण कार्यमा चलचित्र बिकास बोर्डले पनि समन्वय गर्ने बताईएको छ ।
पाँच देखी दश वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष लिईएको यो फिल्म सिटि भित्र विदेशी चलचित्रकर्मीलाई पनि लक्षीत गरेर पाँचतारे होटल,आवास गृह लगायत सुबिधा सम्पन्न भौतीक संरचनाहरु तयार पारिने पनि बताईएको छ । 

Powered by Blogger.