पुरा भयो ग्लोबल मोसन पिक्र्चस अर्वाडको सम्पुर्ण तयारी !

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी थाईल्याण्डमा हुन लागेको ग्लोबल मोसन पिक्र्चसको अवार्डको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ । यो अवार्ड नेपाली मिति अनुसार फागुन १८ गते हुने छ ।
नेपाली चलचित्र क्षेत्रमा पोस्टर डिजाईनरको रुपमा ख्याती कमाएका डिजाईनर सुन्दर श्रेष्ठले यो अर्वाडको लागी नेपालको राष्ट्रिय झण्डा सहितको निकै आर्कषक ट्रफी डिजाईन गरेका छन् ।
सोमबारको कार्यक्रममा बरिष्ठ चलचित्र निर्माता तथा हल ब्यावसायी बसन्त कुमार श्रेष्ठ,रविन्द्र कुमार तण्डुकार,दुर्गालाल प्रधान र डिजाईनर सुन्दर श्रेष्ठको उपस्थिति रहेको थियो ।
बक्स अफिस ग्लोबल एक्र्टस फेडरेसनका अध्यक्ष तथा अवार्ड आयोजक आर.के सुबेदीका अनुसार यो अर्वाड कुनै पनि क्षेत्रमा निरन्तर रुपमा लामो समय सम्म काम गरेका जो कोहीलाई पनि प्रदान गरीने छ ।
अर्वाड प्रदान गर्नुको मुख्य उद्देश्य अग्रजलाई सम्मान र नयाँ पिंडीलाई प्रोत्साहन गर्नु रहेको बताईएको छ ।

Powered by Blogger.