औपचारिक रुपमा बक्स अफिस प्रणली शुरु !

चलचित्र बिकास बोर्ड नेपालले फाल्गुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ प्रणली शुरु गरेको जानकारी गराएको छ । मंगलबार बिकास बोर्डले एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि यस प्रणालीको विषयमा जानकारी गराएको छ ।
सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले प्रमूख आतिथ्य ग्रहण गरेको उक्त कार्यक्रममा बिकास बोर्ड अध्यक्ष निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, नेपाल चलचित्र नितर्माता संघका अध्यक्ष आकाश अधिकारी उपस्थीत भएका थिए ।
यस बक्स अफिस प्रणली बिकास बोर्डको मातहतमा रहने बताईएको छ, भने जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । त्यसैगरी उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसु नेटवर्कले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।


Powered by Blogger.