हङकङमा भयो ब्लाईन्ड रक्सको ग्राण्ड प्रिमियर !

दृश्टी बिहिन श्रृष्टी केसीको जिवनमा आधारीत बायोपीक चलचित्र ब्लाइन्ड रक्स को हिंजो सोमबार हङकङमा ग्राण्ड प्रिमिएर सम्पन्न भएको छ । फागुन १८ गतेबाट नेपालमा सार्वजनीक प्रर्दशनको तयारीमा रहेको यो चलचित्रको लण्डनका करिब २ दर्जन शहररुमा प्रर्दशन पश्चात हङकङमा विषेश प्रिमिएर गरिएको बताईएको छ । निर्माता निकेश लिम्बुका अनुसार यो चलचित्रलाई हङकङमा निकै रुचाईएको छ । यसै प्रिमिएर शो मा सहभागी हुन निर्माता लिम्बु लण्डनबाट हङकङ पुगेका थिए ।
यसै कार्यक्रमको अवसरमा निर्माता लिम्बुलाई नेपाल चलचित्र एसोसिएसनले सम्मान गरेको छ । लिम्बुलाई एसोसिएसनका अध्यक्ष राजु राईले सम्मान प्रदान गरेका थिए ।
चलचित्र ब्लाईन्ड रक्स लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भने बेनिशा हमाल, अर्पण थापा,गौरी मल्ल,अनिल शाह लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.