ब्लाइन्ड रक्स ट्रेलर रिलिज (भिडियो सहित)

दृष्टी बिहिन सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक चलचित्र ब्लाइन्ड रक्सको अफिसियल ट्रेलर रिलिज भएको छ । मंगलबार रनजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
बेनिशा हमाल,अपर्ण थापा,गौरी मल्ल लगायत कलाकारको अभिनय रहेको यस चलचित्रले फागुन १८ गतेलाई प्रर्दशन मिति तोकेको छ । बेलायत निवासी निकेश लिम्बुले निर्माण गरेको ब्लाईन्ड रक्सलाई मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्रमा श्रृष्टीको भुमिकामा बेनिशा देखीएकी छिन् । कार्यक्रममा निर्देशक मिलन चाम्सले ब्लाईन्ड रक्सलाई ब्यापारीक चलचित्रको रुपमा नहेर्न पनि आग्रह गरेका छन् । उनका अनुसार ब्लाईन्ड रक्स शारीरिक अपांगता भएका मान्छेहरुलाई जिवनमा केही गर्नको लागी उर्जा र हौसला दिने उद्देश्यले निर्माण गरीएको हो ।



Powered by Blogger.