२४ विधा सहित चैत्र १६ मा फान अर्वाड हुँदै !

चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी फान अर्वाड २०७३ को घोषणा गरेको छ ।
कलाकार संघले कि एडभरटाईजिङ सँग ब्यावसायीक सहकार्यमा गत वर्ष देखी अवार्ड कार्यक्रमको थालनी गरेको हो ।
यस अवार्ड कार्यक्रममा पाँच सदस्य निर्णायक समितीले २०७३ साल भित्र प्रर्दशनमा आएका चलचित्रहरु अवलोकन गरेर मुल्यांकनका आधारमा निर्णय गर्ने, संघ द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
यसै क्रममा कलाकार संघले चलचित्र विकास बोर्डका नव नियुक्त सदस्य बिजय देउजा, चलचित्र जाँच पास समितीका नव नियुक्त सदस्य उमेश खड्का र नेपाल विज्ञापन संघको नव निर्वाचीत कार्यसमितीलाई सम्मान पनि गरेको छ ।

फान अर्वाड २०७३ को लागी निम्न अनुसार उत्कृष्ठ २४ बिधाहरु समावेस गरीएको छ ।
उत्कृष्ठ कथा,उत्कृष्ठ पटकथा,उत्कृष्ठ संवाद,उत्कृष्ठ नृत्य निर्देशक,उत्कृष्ठ द्धन्द्ध निर्देशक,उत्कृष्ठ गितकार,उत्कृष्ठ संगितकार,उत्कृष्ठ गायक/गायीका,उत्कृष्ठ सम्पादन,उत्कृष्ठ छायांकार,उत्कृष्ठ नव निर्देशक,उत्कृष्ठ चरित्र अभिनेता/अभिनेत्री,उत्कृष्ठ नव अभिनेता/अभिनेत्री,उत्कृष्ठ सह अभिनेता/अभिनेत्री,उत्कृष्ठ खल पात्र, उत्कृष्ठ हाँस्य कलाकार,उत्कृष्ठ अभिनेता/अभिनेत्री,उत्कृष्ठ चलचित्र,उत्कृष्ठ निर्देशक रहेका छन् ।



Powered by Blogger.