उल्झन को पोस्टर सार्वजनीक !

चलचित्र उल्झन को फस्ट लुक पोस्टर सार्वजनीक भएको छ । सार्वजनीक गरिएको पोस्टरमा चलचित्रमा मुख्य तिन कलाकार ध्रुर्व दत्त,रजनी केसी र बेनी लाई प्रस्तुत गरिएको छ । चलचित्र उल्झनलाई राजु अधिकारीले निर्देशन गरेका छन् भने तेजेन्द्र कंडेल प्रस्तुतकर्ता,नारायण ढुंगाना,नविन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । यस चलचित्रले युरोपमा रहेका नेपालीको संघर्षको कथा बताउने निर्माण पक्षले जानकारी गराएको छ । चैत्र २ गतेबाट नेपालमा सार्वजनीक प्रर्दशन हुने यो चलचित्रलाई पहिले युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गरीने बताईएको छ । उल्झनमा आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा संवाद रहेको छ ।

Powered by Blogger.