अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन समाप्त !

चलचित्र द म्यान फ्रम काठमाण्डूको नेपाल छायांकन कसिएकोे छ भने अब बाँकी छायांकन अमेरीकाको लस एन्जल्समा हुुने छ । यो कुराको जानकारी निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नेपालको छायांकन सकिएको अवसरमा निर्माण कम्पनी ट्रीसिटी पिक्चर्सले संचारकर्मीहरुलाई चलचित्रको विषयमा जानकारी गराएको छ । क्यूएफएक्स सिनेमाज्का प्रमुख तथा यस चलचित्रका निर्माता नकिम उद्दिनले यो चलचित्र विश्वलाई नेपाली कथा देखाउन निकै प्रभावकारी हुने दाबी गरेका छन् । करिब ५ करोड लगानीमा निर्माण गरिन लागेको यो चलचित्र नेपाल,भारत,पाकिस्तान र अमेरीकामा प्रर्दशन गरीने बताईएको छ ।
यो चलचित्रमा भारतीय कलाकार गुल्सन ग्रोवर र पाकिस्तानी कलाकार हमिद शेखले समेत अभिनय गरेका छन् । द म्यान फ्रम काठमाण्डुलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् ।


Powered by Blogger.