कतारमा हुँदैछ कुमारी बुम सुपरस्टार नाईट !

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सदिक्षा फिलिम्सले आगामी मार्च ८ र ९ तारीखमा कतारको २ शहरमा गर्ने कुमारी बुम सुपर स्टार नाईटको उद्घोष गरेको छ । आयोजक पक्षले बताए अनुसार नेपाली कला संस्कृतीलाई विश्वब्यापी बनाउने उद्देश्यका साथ यो कार्यक्रमको थालनी गरीएको हो । यस कार्यक्रमको लागी आयोजक सदिक्षा फिलिम्स सँग कुमारी बैंक र बुम रेमीट पनि जोडीएका छन् । उक्त कार्यक्रममा अभिनेत्री निरुता शिंह र अनु शाहले आर्कषक नृत्य प्रस्तुत गर्ने छन् भने आनन्द कार्की,अनिल शिंह,हेमन्त शर्मा,युबराज चौलागाँई,सन्तोश राज,राजनराज शिवाकोटी,राधीका हमाल,एन्जीला रेग्मी लगायत गायक गायीकाले आ आफ्नो साँगीतीक प्रस्तुती दिने छन् भने लोक दोहोरी म्युजीक भिडियो स्टार संकर बिसिले पनि उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने छन् । त्यसै गरि जितु नेपालले पनि जोडदार प्रस्तुती दिने बताईएको छ ।
कार्यक्रमका आयोजक तथा सदिक्षा फिलिम्सका प्रमुख मनोज केसीले बताए अनुसार मार्च ८ मा कतारको अल्खोर स्टेडियम र मार्च ९ मा ग्राण्ड मलमा यो कार्यक्रम हुने छ ।
यस कार्यक्रमको आयोजक टिममा मनोज केसी,धिरेन्द्र पन्त,प्रविना रावल पन्त,नरेश भट्टराई,उमिद्ध श्रेष्ठ,भविन तामाङ्ग,रितकुमार श्रेष्ठ,मोहमद ताहिर,जगेन्द्र गुप्ता,विजय सुबेदी र खगराज खत्री रहेका छन् ।

Powered by Blogger.