सितारामको नयाँ म्युजीक भिडियो सार्वजनीक हुँदै !

विगत ३० वर्ष देखी नेपाली साँगीतीक क्षेत्रमा सक्रिय रहेका गायक सिताराम पोख्रेलले नयाँ गित र त्यसको भिडियो तयार गरेर सार्वजनीक गर्ने तयारीमा रहेका छन् । पोख्रेलले २०४४ सालमा रेडीयो नेपालबाट स्वर परिक्षा पास गरेर गित रेकर्डीङ्ग सुरु गरेका थिए भने उनले हाल सम्म दुई सय भन्दा धेरै गितमा स्वर दिई सकेका छन् । चार ओटा सोलो गिती एल्बम समेत निकाली सकेका पोख्रेलका आज पनि तिम्रो बाटो, आँखाको नानी,तिमी आउ मेरो नजिक लगायत केही गित निकै चर्चीत समेत भएका छन् ।
हाल सार्वजनीक गर्ने तयारीमा रहेको उनको नयाँ गितमा शब्द रमेश अधिकारीको,संगित करणराज कार्कीको रहेको छ भने यसको भिडियोको निर्देशन जनकदिप पराजुलीले गरेका छन्, । त्यसै गरि यस भिडियोमा अर्जुन तिवारीको छायांकन,निशान घिमिरेको सम्पादन र अनु शाह,सिताराम पोख्रेल र सुबास पराजुलीको अभिनय रहेको छ ।

Powered by Blogger.