कर कार्यलयले लगायो शाहरुख खानको फार्म हाउसमा ताला !

बलिउड अभिनेता शाहरुख खानको १४.६ करोड मुल्य बराबरको फार्म हाउसमा कर कार्यलयले ताला लगाएको छ । रायगड जिल्लाको अरब सागरको किनारमा रहेको यस फार्म आउसको नाम देजाबु फार्म हाउस रहेको छ, भने यो फार्म हाउस १९९६० स्क्वायरफीट जग्गामा बनेको छ । यसै सम्बन्धमा केही समय पहिले कर कार्यलयले शाहरुख खानलाई ९० दिनको पुर्जी काटेको थियो तर खानले ९० दिनमा पनि त्यसको जवाफ नदिएपछि फार्म हाउसमा ताला लगाउन बाध्य भएको समाचारमा बताईएको छ ।
कर कार्यलयले शाहरुख माथी ८०  करोड भन्दा धेरै मुल्य रहेको फार्म हाउसको निकै कम मुल्य १४.६ करोड देखाएर कर छलेको र यो फार्म हाउस शाहरुखको नाममा पनि नरहेको आरोप लगाएको छ ।
त्यस्तै पछिल्लो समय शाहरुख खानको होम प्रोडक्सन रेड चिल्ली को क्यान्टीन पनि कानुन बिपरीत बनाएको भन्दै बिएमसीले तोडफोड गरेको थियो ।

Powered by Blogger.