पहिलो हप्ता भारतबाट मात्रै कति कमाई गरे संजय लिला भंसालीका फिल्महरुले ?

संजय लिला भंसाली बलिउडमा निकै प्रख, निकै बौद्धीक र निकै क्षमतावान चलचित्र निर्देशकको रुपमा चिनिन्छन् । उनले निर्माण तथा निर्देशन गरेका चलचित्रहरुलाई आम मानिसले हेर्ने तरिका नै फरक रहेको पाईन्छ ।
पछिल्लो समय भंसालीले निर्माण तथा निर्देशन गरेको र निकै बिवादीत रहेको चलचित्र (पद्मावत) अहिले प्रर्दशन भैरहेको छ । भारतका चार ओटा राज्यमा प्रर्दशन गर्न रोक लगाईएको यो चलचित्रले अहिले राम्रै कमाई गरिरहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । समाचारका अनुसार यो चलचित्रले भारतबाट मात्रै पहिलो हप्तामा ११४ करोड कमाई गरिसकेको छ, भने अहिले पनि प्रर्दशन हुन पाएका राज्यहरुमा निकै राम्रो ब्यापार गरिरहेको बताईएको छ ।
२०१३ मा प्रर्दशन भएको भंसालीकै निर्माण तथा निर्देशन रहेको चलचित्र (रामलिला) ले पनि प्रर्दशन भएको पहिलो हप्तामा भारतबाट मात्रै ५२ करोड कमाई गरेको थियो । त्यस्तै २०१५ मा प्रर्दशन भएको चलचित्र (बाजीराव मस्तानी) ले पनि भारतबाट मात्रै पहिलो हप्तामा ४६ करोड कमाई गरेको थियो । भने १९९६ मा प्रर्दशन भएको चलचित्र (खामोस) ले पनि पहिलो हप्तामा १.६८ करोड कमाई गर्न सफल भएको थियो । १९९९ मा प्रर्दशन भएको चलचित्र (हम दिल दे चुके सनम) ले पहिलो हप्तामा २.८ करोड कमाई गरेको थियो । त्यसै गरि २००५ को चलचित्र (ब्लैक) ले पनि पहिलो हप्तामा ३.४ करोड कमाई गरेको थियो । २००२ मा प्रर्दशन भएर सुपर हिट भएको चलचित्र (देवदास) ले पनि पहिलो हप्तामा ६.१५ करोड कमाई गर्न सफल भएको थियो । त्यस्तै २००७ मा प्रर्दशन भएको चलचित्र (सावरिया) ले पनि पहिलो हप्तामा भारतबाट मात्रै ११ करोड कमाई गरेको थियो  । त्यस्तै २०१० मा प्रर्दशन भएको उनको अर्को (गुजारीस) ले १५ करोड कमाई गरेको थियो ।

Powered by Blogger.