कुनै समय रक्सीले मुख कुल्ला गर्दथे संजय दत्त,हेर्नुस यस्तो छ उनको जिवन !

चलचित्र क्षेत्र बाहीरबाट हेर्दा जती नै उज्यालो देखीए पनि भित्र अत्यन्तै अंधकार छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । यो क्षेत्रको बाहीरी उज्यालो देखी लालायीत भएर संघर्ष गर्नेहरुको भिड लाखौं छ । ति लाखौं मध्य केहीले मात्रै अवसर प्राप्त गर्न सक्छन् । अवसर प्राप्त गर्न नसक्नेहरु प्रायः सबै डिप्रेसनको सिकार बन्छन् । त्यसो त अवसर प्राप्त गरेर पनि सफल नहुनेहरु झनै डिप्रेसनमा पर्ने गरेको समाचार बेलाबखत आउने गर्दछ । आज हामी कुरा गर्न गैरहेका छौं, अवसर प्राप्त गरेर पनि सुरुवातको समयमा असफलताले गर्दा डिप्रेसनको शिकार बनेका अभिनेता संजय दत्तको ।  भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार संजयले अभिनय गरेका सुरुका केही चलचित्रहरु बक्स अफिसमा असफल भए पछि उनि डिप्रेसनको शिकार बने । त्यसै कारणले गर्दा उनले अत्याधिक मदीरा सेवन गर्न थाले । संजय मदीराको लतमा यति सम्म फसे कि बिहान उठेर मुख कुल्ला सम्म उनले मदीराले नै गर्ने गर्दथे । यो कुराको खुलासा बलिउडका चलचित्र निर्माता तथा निर्देशक महेश भट्टले समेत गरीसकेका छन् । संजयलाई मदीराको मात्रै नभएर ड्रग्स र स्त्रिको पनि लत थियो । कुनै समय दत्त मदीरा,ड्रग्स र स्त्रि बिना एक मिनेट पनि बस्न नसक्ने अवस्थामा पुगेका थिए । त्यसो त अहिले संजयको बायोपीक निर्माण भैरहेको छ । संजयको जिवन कस्तो थियो भन्ने धेरै कुरा उनको बायोपीकमा आउने पनि बताईएको छ ।

Powered by Blogger.