बिना अनुमती सलमान खानको घरमा अर्सी खान आएपछि तनाव

पछिल्लो समय भारतीय संचार माध्यमहरुमा निकै चर्चामा आएकी मोडल तथा अभिनेत्री अर्सी खानले फेरी संचार माध्यमहरुमा हलचल मच्चाएकी छिन् । केही दिन अगाडी अर्सी बिना अनुमती सलमान खानको मुम्बई स्थित बान्द्रामा भएको ग्यालेक्सी अर्पाटमेन्टमा प्रवेश गर्न खोजेपछि गेटमा बसेको गार्ड सँग केही समय बिवाद भएको समाचारमा बताईएको छ । समाचारका अनुसार गार्डले अनुमती बिना प्रवेश गर्न दिन मिल्दैन अनुमती लिएर आउनुस भन्दा अर्सीले बिवाद गरीकी थिईन् । अर्सी ३ महिना बिग बोसको घरमा भएको समयमा पनि बिभिन्न बिसिमका स्क्यान्डल मार्फत निकै चर्चामा आईरहने गर्दथीन् । गार्डले अनुमती बिना भित्र जान नदिए पछि अन्ततः अर्सी निरास भएर फर्कीएकी थिईन् ।

Powered by Blogger.