ज्यान मार्ने धम्की आएपछि रेश ३ को सुटिङ्ग छाडेर घर पुगे सलमान खान !

निर्देशक रेमो डिसुजाको फिल्म रेश ३ को सुटीङ्ग भैरहेको बेला अचानक प्रहरीले हस्तक्षेप गरेर सुटिङ्ग रोकेर अभिनेता सलमान खानलाई घर पाठाएको छ । सलमान खान असुरक्षीत भएको खबर पाएपछि प्रहरी एका एक सुटिङ्ग स्पोट पुगेको थियो । यसै क्रममा मुम्बै प्रहरीले सलमानलाई खुल्ला ठाँउमा नहिड्न र साईकलमा पनि नहिंड्न सल्लाह दिएको भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् । सलमान मुम्बैमा प्रायः साईकलमा एकै घुम्ने गर्दछन् । उनलाई प्रहरीले नै स्कटीङ्ग गरेर घर सम्म पु¥याएको थियो । समाचारका अनुसार सलमान माथीको यो घटना पहिलो भने होईन । उनलाई र उनको परिवारको सदस्यलाई ज्यान मार्ने धम्की बारम्बार आउने गर्दछ । केही दिन पहिले सलमानलाई ग्याँङ्ग स्टार लरेन्स विश्वईले ज्यान मार्ने धम्की दिएका थिए ।
अचानक स्थगीत गरीएको रेश ३ को सुटिङ्ग कहिले सुरु गर्ने भन्ने बारे अन्यौल रहेको निर्माण पक्षले बताएको छ ।

Powered by Blogger.