बन्ने भयो चलचित्र रानी महल !

पाल्पा जिल्लामा रहेको प्रख्यात रानी महलको नामबाट चलचित्र रानी महल बन्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रानी महल बनाउने घोषणा गरिएको छ । स्वस्तिक फिलिम्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको निर्देशन हिमाल न्यौपानेले गर्दैछन् भने निर्माता बिमल भुषाल हुन् ।
चलचित्रमा दिपक कंडेलको लेखन,निरज कंडेलको छायांकन,अर्जुन पोख्रेल, हर्कुलिस बस्नेतको संगित,हिमाल केसीको द्धन्द,कबिराज गहतराज,रामजि लामिछानेको कोरीयोग्राफी रहने छ भने निर शाह,विएस राणा,केशब भट्टराई,प्रशान्त ताम्राकार,सुष्मिता बम्जन,उमा बेबी,रश्मी भट्ट,विष्णु सापकोटा,नगेन्द्र रिजाल,वर्षा सिवाकोटी,आशिष अधिकारी,साहिल श्रेष्ठ,मानस्वी खरेल,युनिता खत्री,शिलु पोख्रेल,अनामिका लामिछाने,भिष्मराज जोशी,सौगात धिताल लगायत कलाकारले अभिनय गर्दैछन् ।

Powered by Blogger.