मलाई डराउन सक्ने मान्छेको जन्म अहिले सम्म भएको छैन- निर्माता राई

नेपाल चलचित्र निर्माता संघ तथा चलचित्र बिकास बोर्डका निर्वतमान अध्यक्ष चलचित्र निर्माता राजकुमार राईले पछिल्लो समय आफ्नो छबि धमिल्याउने किसिमले केही सप्ताहीक पत्रिका र त्यहि समाचार साभार गरेर केही अनलाईन पत्रिकाहरुमा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यान आर्कषण भएको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेका छन् । केही दिन अघि राजधानीको पशुपती मन्दीर परिसरमा निर्माता सरोज थापा (रोज राणा) सँग भएको सामान्य बिवादलाई पुर्वाग्रही सोंच, एक तर्फी र अतिरंजीत किसिमले समाचार प्रकाशीत गरिएको जारी प्रेस बिज्ञप्तीमा बताईएको छ । निर्माता राईले बिज्ञप्ती मार्फत अगाडी भनेका छन्, मैले आज सम्म कसै सँग डराएर हिंड्नु पर्ने काम गरेको छैन, र मलाई डराउन सक्ने मान्छेको अहिले सम्म जन्म पनि भएको छैन्, संचार माध्यमहरुले आफ्नो गरिमा र बिस्वस्नियता कायम राख्नको लागी भए पनि सत्य,तथ्य र निश्पक्ष समाचार प्रकाशीत गर्न प्रेस बिज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
प्रेस विज्ञप्ती पुर्ण पाठ सहित

प्रियमित्रहरु 
विषय –गम्भिर ध्यानाकर्षणभएको सम्बन्धमा ।
मित्रहरु, नेपाली सञ्चार जगतको भूमीकाप्रति म सधैं सकारात्मक छु । सूचनाको पहुँचबिस्तार हुनुले नेपालीहरुको चेतनाको स्तर उकासिएको सहजै मूल्यांकनगर्न सकिन्छ । तर, यही बृत्तमायस्तापनि केही सञ्चार र सञ्चारकर्मी छन् जसको खेतीपाती नै अरुको मानमर्दन गर्ने र सुकिलो छवीमाहिलो छ्याप्ने कार्यमा सीमित छ । 

प्रसंग केहीदिनअघिको हो । एउटाघटनाको परिकल्पना गरेर हुँदै नभएको ‘दृश्य’कथेर मेरो छवीधुमिलबनाउने प्रायोजीत समाचार प्रकाशमाआएपछि मेरो गम्भीर ध्यानाकर्षणभएको छ । यो त्यहीपत्रिकाहो, जसले म लगायतका धेरै चलचित्रकर्मीलाई बेला–बेलालखेट्दै आएको प्रमाणहरु मैले सुरक्षित राखेको पनियहाँहरु समक्षजानकारी गराउनचाहान्छु । एउटापत्रिकाले लेखेको प्रायोजित समाचारलाई आममिडियाले अन्धरुपमा साभार गर्ने र ‘प्रोपोगन्डा’ सृजनागर्ने वर्तमान परिपाटीले धेरैलाई पीडितबनाएको छ । यस पटकयसै प्रकारको पीडाको सामना मैले पनिगरिरहनु परेकोमाम दुखि छु ।  

मित्रहरु, समाचारमाउल्लेख भएअनुसारको मैले चलचित्रविकाशबोर्डका कतिपय सामाग्रीबुझाउनबाँकी छ भन्ने कुरा सहीहो । बिकाशबोर्डको म निवर्तमानअध्यक्षभएकाले बोर्डसँग हिसावफस्र्योट बा“की  रहेकाले समाचार लेख्न हतार गरेको जानकारी गराउनचाहान्छु । र, आजकामितिसम्म मैले हरेक संस्थामा रहँदापारदर्शीताअपनाएको सवैका सामुन्ने घामजत्तिकै छर्लङ्ग छ । जहाँसम्मनिर्माता संघको फर्निचरको समाचार छ, तीफर्निचर मैले ब्यक्तिगत रुपमाखरिद गरेको प्रमाण समेत निर्माता संघमा सुरक्षित छ ।

मित्रहरु, राजकुमार राईले डराउने र काप्नेगरी आजकामितिसम्मकुनै कामनगरेको र म डराउनेगरी कुनै ब्यक्तिपनिनजन्मिएको अवगत गराउँदै आइन्दा त्यस प्रकारका तुच्छसमाचार प्रकाशमाआएको खण्डमा म कानुनीलडाई लड्न बाध्यहुने समेत जानकारी गराउँछु । पीतपत्रकारितागर्ने मिडिया र मिडियाकर्मीलाईकानुनीउपचार मार्फत ठेगानलगाउन सम्बन्धितनिकायचनाखो बन्नु पर्छ भन्नेमापनि मेरो सदैभ माग रहँदै आएको छ । धन्यबाद ।
                                                                                                                          राजकुमार राई
                                                                                                                         चलचित्रनिर्माता
                                                                                                                              २०७४ पुष २०

Powered by Blogger.