अष्ट्रेलीयामा प्रर्दशन हुँदै प्रेम गित २ !

नेपालमा राम्रै ब्यापार गर्न सफल भएको चलचित्र प्रेम गित २ अष्ट्रेलीयाको सिड्नीमा प्रर्दशन हुने भएको छ । यो चलचित्रको पहिलो शो फेब्रेवरी ३ तारीख शनिबारको दिन हर्षभिलको सिभिल थिएटरमा हुने भएको छ । प्रेमगित २ लाई अष्ट्रेलीयामा प्रर्दशन गर्ने जिम्मा डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कम्पनीले लिएको अष्ट्रेलीयाबाट स्याम सुन्दर गिरिले नेप्लीउडलाई बताएका छन् । गिरिका अनुसार यो कम्पनीले प्रेम गित २ लाई अमेरीकामा पनि प्रर्दशन गर्ने छ ।
रामशरण पाठकको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रलाई आशुसेन फिलिम्सको ब्यानरमा सन्तोश शेनले निर्माण गरेका हुन भने प्रदिप खड्का, अश्लेशा ठकुरी,कैलाश कटुवाल,कविता रेग्मी लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.