पटुकीले हाम्रो धर्म संस्कार र प्रेमलाई बाँधेको छ !

माघ १९ गतेबाट सार्वजनीक प्रर्दशन हुन लागेको चलचित्र पटुकीले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि चलचित्रको बरेमा संचारकर्मीहरुलाई जानकारी गराएको छ ।
निर्माण पक्षका अनुसार यो चलचित्र पुर्ण पारिवारीक प्रेम कथामा आधारीत रहेको बताईएको छ । कार्यक्रममा अभिनेत्री रजनी केसीले आफु यो चलचित्रबाट पुर्ण सन्तुष्ठ रहेको र भोली प्रर्दशन पश्चात यसको ब्यापारबाट पनि आफु सन्तुष्ठ रहने कुरामा ठुक्क रहेको बताएकी छिन् । उनका अनुसार उनले यो चलचित्रमा आफुले चाहेको जस्तो भुमिकामा अभिनय गर्न पाएकी छिन् ।
रजनी केसी,म्याक्टेन कालु, जेम्स बिसि,रोजी श्रेष्ठ,दिपक कंडेल, हरि गुरुङ्ग लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेको चलचित्र पटुकीलाई म्यक्टेन कालुले निर्माण गरेका हुन भने राम नेपालले निर्देशन गरेका छन् ।

Powered by Blogger.