बन्ने भयो पण्डीत बाजेको लौरी !

चलचित्र पण्डीत बाजेको लौरी निर्माण हुने भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ । अध्रित फिलिम्स प्रा.लि निर्माण हुने पण्डीत बाजेको लौरी लाई महेश दवाडीले लेखेका छन् भने दिपक ओलीले निर्देशन गर्ने भएका छन् । पुरेत काम गर्ने पण्डीतहरुको विषयमा निर्माण हुने यो चलचित्रमा भोला सापकोटा,मरिस्का पोख्रेल,सन्ध्या केसी,प्रविण खतिवडा,प्रमोद अग्रहरी,विजय बराल,लोकेन्द्र विष्ट,कुलदिप अधिकारी,विशाल पहाडी लगायत कलाकारले अभिनय गर्ने भएका छन् ।
थमन कुमार भण्डारी र किशोर खड्काको संयुक्त लगानी रहने यो चलचित्रमा विदुर पाण्डेको छायांकन र अमित श्रेष्ठको संगित रहने छ ।

Powered by Blogger.