हेर्नुस यस्तो छ पञ्चेबाजाको ट्रेलर (भिडियो सहित)

फागुन ११ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र पञ्चेबाजाले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको छ । यसै क्रममा निर्माण पक्षले करिब एक महिना पहिले सार्वजनीक गरेको घिन घिन मादल बोल रहेको गितलाई पनि केही परिमार्जीत गरेर पत्रकारहरुलाई देखाएको छ ।
घनश्याम लामीछानेको निर्देशन रहेको पञ्चेबाजालाई न्यु भेनस फिलिम्सको ब्यानरमा राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप भारद्धाजको लेखन,हरि घले लामाको छायांकन,दिर्घ खड्काको सम्पादन,कालीप्रसाद बासकोटा,बिकास चौधरीको संगित रहेको छ भने सौगात मल्ल,श्रृजना सुब्बा,बुद्धि तामाङ्ग,कर्मा,जस्मीन श्रेष्ठ लगायत कलाकारको मुख्य भुमिकामा अभिनय रहेको छ ।


Powered by Blogger.