अझै अन्यौलमा संजय लिलाको पद्मावत, यस्तो छ पछिल्लो कारण !

निर्देशक संजय लिला भंसालीको पछिल्लो चलचित्र पद्मावतको बिवाद अझै सेलाएको छैन् । चलचित्र जाँचपास समितिले चलचित्रको नाम पद्मावतीबाट पद्मावत बनाए सँगै चलचित्र भित्र समावेश भएका करिब ३०० वटा शर्ट पनि परिवर्तन गर्न लगाएको छ । यति धेरै परिवर्तन गर्दा पनि राजिस्थानको राजपुत समुदायले यो चलचित्रको नाम परिर्वतन गरेर केही नहुने भन्दै चलचित्र प्रर्दशनमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै जाँचपस समितिको कार्यलय घेराउ गरेको छ । आफ्नो माग प्रति जाँचपास समिति गम्भीर नभएको खण्डमा आफुहरु थप यो भन्दा कडा अन्दोलन गर्ने आन्दोलनरत राजपुत समुदायको करणी सेनाका प्रमुख जिवन शिंह सोलकीले संचार माध्यहरुलाई बताएका छन् । यसै क्रममा राजीस्थानका मुख्य मन्त्री बसुन्धरा राजेले राजीस्थानमा यो चलचित्र प्रर्दशन हुन प्रतिबन्ध लगाएका छन् । जनवरी २५ बाट विश्वब्यापी प्रर्दशन हुन लागेको यो चलचित्र प्रर्दशनमा प्रतिबन्ध लगाउन आग्रह गर्दै करणी सेनाको एउटा टोली भारतका सबै राज्यका मुख्य मन्त्रीहरुलाई भेट्न समेत जाँदै छ । यो समाचारले गर्दा चलचित्रको प्रर्दशन अझै अन्यौलमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

Powered by Blogger.