साढे सात बजे ‘साढे ७’ कोे ट्रेलर रिलिज !

चलचित्र साढे सातको ट्रेलर रिलिज भएको छ । चलचित्र निर्माण पक्षले सुक्रबार बेलुका साढे सात बजे यो चलचित्रको ट्रेलर रिलिज गरेको हो । नेपालको तराई मधेको राजनीतिक आन्दोलनको रिपार्टिङ गर्न उक्त स्थानमा एक फोटोपत्रकारको मनोवैज्ञानिक र भौतीक द्धन्दलाई नै चलचित्रको मुख्य विषयवस्तु बनाएको निर्माण पक्षले जानकारी गराएको छ ।

यस चलचित्रमा गायन क्षेत्रमा निकै लोकप्रिय रहेका गायक सत्यराज आचार्य सँगै अभिनेता तथा अभिनेत्रीहरु मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन्, भने साढे सात को लेखन तथा निर्देशन साम्तेन भुटियाले गरेका छन् ।

चलचित्र साढे सातलाई सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटियाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो चलचित्र फागुन ११ गतेबाट प्रर्दशन हुँदैछ ।


Powered by Blogger.