आजबाट देशभरका सिनेमा हलमा राज्जा रानी !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट देश भरका सिनेमा हलमा चलचित्र राज्जा रानी प्रर्दशन भएको छ । यो चलचित्र तराई मधेसका क्षेत्रीय भाषा मैथिलीमा पनि प्रर्दशन भएको छ । यो चलचित्रले तराई मधेसमा ब्याप्त रहेको दाईजो प्रथाको कथालाई मुख्य विषय बनाएको छ । केकी अधिकारी, नाजीर हुसेन,कामेश्वर चौरसीया,संगिता नापीत,दिपक क्षेत्री लगायत कलाकारले अभिनय गरेको राज्जा रानीलाई यम थापाले निर्देशन गरेका छन्, भने रमेश एमके पौडेल यसका निर्माता हुन् । 

Powered by Blogger.