आजबाट सिनेमा हलमा दुई चलचित्र ! हलहरुमा चहलपहल शुन्य !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट सिनेमा हलमा चलचित्र लालपुर्जा र पिंजडा ब्याक अगेन प्रर्दशनमा आएका छन् । सौगात मल्ल,विपिन कार्की,मिरुना मगर आदि कलाकारले अभिनय गरेको लालपुर्जा नेगेटीभ बुद्धको ब्यानरमा निगम श्रेष्ठको निर्देशन रहेको चलचित्र हो । यो चलचित्रको ट्रेलर रिलिज हुँदै नकारात्मक प्रतिकृया आएको थियो । लालपुर्जाले राम्रो ब्यापार गर्छ र निर्माताको लगानी सुरक्षीत गर्छ भन्ने कुरामा सबैको संका रहेको छ । लालपुर्जाको निर्माता बिक्रम शिंह थारु हुन् यो चलचित्रको बितरण सुनील मानन्धरले गरेका छन् ।
त्यस्तै पछिल्लो समय लगातार फ्ल्प फिल्म दिएका निखिल उप्रेती अभिनित चलचित्र पिंजडा ब्याक अगेको पनि पुर्व अनुमान राम्रो छैन् । हिमाल केसी निर्देशीत यो चलचित्रलाई श्रीराम बराल,रमेश सुबेदी,बाबु राज,बसन्त शर्मा,सुशान्त श्रेष्ठ,रोहीत पुरी गोबिन्द गौरा र चन्द्र बहादुरले संयुक्त रुपमा निर्माण गरेका हुन भने चलचित्रमा उप्रेतीका अलावा सारा श्रीपाईली,पुकार भट्टराई,सुशान्त श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् । पिंजडा ब्याक अगेन प्रति दर्शकमा कुनै पनि उत्साह देखीएको छैन्, यस अर्थमा पनि यो चलचित्र फ्लप हुने संभावना धेरै देखीन्छ । पिंजडा ब्याक अगेनलाई गोपाल काजी कायस्थले बितरण गरेका छन् ।


Powered by Blogger.