आयो चलचित्र ब्लाईन्ड रक्स को पहिलो गित (भिडियो सहित)

चलचित्र ब्लाईन्ड रक्स ले प्रचार प्रसार सुरु गरेको छ । यसै क्रममा यस चलचित्रको पहिलो गित सार्वजनीक भएको छ । निलन चाम्स निर्देशीत यो चलचित्रलाई दुर्घटनामा परेर आँखाको ज्योती गुमाएकी दृश्टी बिहिन श्रृष्टी केसीको वास्तविक जिवन कथामा निर्माण भएको बताईएको छ ।
सार्वजनीक भएको उड्यो यो मन बोल रहेको क्लासीकल गितमा अभिनेत्री बेनीशा हमाललाई प्रस्तुत गरिएको छ । नरेश भट्टराईको शब्द तथा हरी लम्सालको संगितमा तयार भएको यस गितमा बानिका प्रधानले स्वर दिएकी छिन् ।
एन फिल्मस र चाम्स ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा  निकेश लिम्बु र मिलन  चाम्स निर्माताको रुपमा रहेका छन् भने बेनिशा हमाल,अर्पण थापा,गौरी मल्ल,अनिल शाह,बसन्त भट्ट लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.