सार्वजनीक भएको नेप्टेको सुपारी काँचो(भिडियो सहित)

हिंजो सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र नेप्टेको पहिलो गित सार्वजनीक गरीएको छ । सुपारी काँचो बोल रहेको यस गितको शब्द भानुभक्त ढकाल,संगित ओम सुनुवार र स्वर ओम सुनुवार, सावित्री जोशीको रहेको छ । सार्वजनीक गरीएको सुपारी काँचोको भिडियोमा चलचित्रका अभिनेता रोहीत रुम्बा,बुद्धि तामाङ्ग र अभिनेत्री छुल्ठीम गुरुङ्ग र पुर्णीमा लामा लगायतले नृत्य गरेका छन् । आर रोसफी फिलिम्सको ब्यानरमा रोहीत रुम्बाको प्रस्तुती रहेको यस चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका छन् । चैत्र ३० गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा दयाहाङ्ग राई,छुल्ठीम गुरुङ्ग,बुद्धि तामाङ्ग,रोहित रुम्बा,पुर्णीमा लामा,स्याम राई,अर्जुन गुरुङ्ग,अरुणा कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.