क्रृ ले गर्दा ३ हप्ता पछाडी पुग्यो छवि आझाको मंगलम् !

निर्माता छवि ओझाले निर्माण गरेको चलचित्र मंगलम फेरी पछाडी सरेको छ । यो चलचित्रले अहिले सहित तेश्रो पटक मिति तोकेको हो । गएको दशैंमा पहिलो मिति तोकेको मंगलम्, छक्का पञ्जा २ पनि त्यही मितिमा आउने भएपछि पछाडी सरेर दोश्रो मिति फागुन ४ लाई तोकेको थियो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका आकास अधिकारीले निर्देशन गरेको चलचित्र चलचित्र कान्छी पनि फागुन ४ मै प्रर्दशन हुने भएपछि आकास अधिकारी र छवि ओझा बिच केही बिवाद भएको चर्चा चलेको थियो । पछि आकासले म यो चलचित्रको निर्माता होईन भन्दै उक्त बिवादबाट उम्कीएको श्रोतले बताएको छ । त्यसो त कान्छीले पनि पहिले माघ २६ गतेलाई प्रदर्शन मिति तोकेको थियो तर त्यही मितिमा अनमोल केसी अभिनित क्रृ पनि प्रर्दशन हुने भएपछि कान्छी एक हप्ता पछाडी सरेर फागुन ४ मा पुगेको हो । मंगलम् ले भने पहिले देखी नै फागुन ४ लाई आफ्नो मिति तोकेर बसेको थियो । निर्मात्री श्वेता खड्काले कान्छी लाई फागुन ४ मा ल्याएपछि छवि आफै पछाडी सरेर फागुन २५ गते पुगेका छन् । श्रोतले बताए अनुसार छविले माघ २६ मा प्रर्दशन हुने क्रृ ले २,३ हप्ता नेपाली चलचित्र बजार क्याप्चर गर्ने देखीएपछि छवि आफै पछाडी हटेको बताएको छ । 

Powered by Blogger.