युटुबमा रुचाईयो लिलिबिलिको (ईज ईट लभ) !

चलचित्र लिलिबिलिले सार्वजनीक गरेको पहिलो गित ईज ईट लभ लाई युटुबका दर्शकले रुचाएका छन् । यो गित युटुबमा अपलोड गरेको दुई दिनमा ७ लाख १२ हजार भन्दा धेरै पटक  हेरीएर युटुब नेपाल ट्रेन्डीङ्गको शिर्ष स्थानमा परेको छ । यो गितको भिडियो हेर्ने अधिकांस दर्शकले सकारात्मक प्रतिकृया दिएका छन्  । अभिनेता प्रदिप खड्का र नव अभिनेत्री जसिता गुरुङ्गलाई कोरीयोग्राफर कविराज गहतराजले बेलायतका बिभिन्न स्थानमा राम्रै सँग प्रस्तुत गरेका छन् । त्यसै गरी यस गितका संगितकार यलिस कार्की,शब्दकार राजेश कुमार श्रेष्ठ, गायक गायीका प्रताप दास र मेलीना राईको कामलाई पनि उत्कृष्ठ मानीएको छ ।
बैशाख १४ बाट प्रर्दशनमा आउन लागेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने मिलन चाम्स,गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । यस चलचित्रमा प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्की, अनुप बिक्रम शाही लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.