एक साथ चलचित्र लम्फु को चार गित रिलिज (अडियोमा)



बैशाख २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र लम्फुले चारओटा गितको अडियो रिलिज गरेको छ ।
सार्वजनीक गरीएका चारैवटा गितमा अर्जुन पोख्रेलले संगित दिएका छन् । सँगै जिउने सँगै मर्ने बोल रहेको गितमा दिग्गज धौरालीको शब्दमा सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका छन् । त्यसै गरि अर्को गित तिमीलाई भुलेर मा प्रमोद खरेलको स्वर र युवराज सापकोटाको शब्द रहेको छ, भने चाहे गोजीमा सुक्कै नहोस यार मा शिब परियारको स्वर, प्रमोद ढुंगानाको शब्द र दोधार दोधारैमा परे म मा दुर्गा खरेलको स्वर र नरेश भट्टराईको शब्द रहेको छ ।
पपुलर मल्टीमीडीयाको ब्यानरमा निर्माण भएको यस चलचित्र लम्फुलाई गोपाल चन्द्र लामीछानेले निर्देशन गरेका छन्, भने शक्ती बल्लब घोरासैनी निर्माता हुन् ।
लम्फुमा सलोन बस्नेत,मरिस्का पोख्रेल,कबिर खड्का,चाँदनी शर्मा,कुशाग्र भट्टराई, तरकारीवाली,कुसुम श्रेष्ठ,सञ्जिब भण्डारी लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।





Powered by Blogger.