प्राविधिक संघको पहलमा श्रृंगार इन्द्र लामालाई आर्थीक सहयोग !

बरिष्ठ प्राविधिक मेकअप आर्टिस्ट इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको नेतृत्वमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमबाट १ लाख २३ हजार रुपैयाँ संकलन गरी लामालाई बुझाइएको छ ।

मृगौला र मधुमेह रोगबाट पिडित मेकअप आर्टिस्ट ईन्द्र लामालाई उपचारको लागी आर्थीक संकलन गर्ने उद्देश्यले सुक्रबार राजधानीको बनस्थलीमा आयोजीत साँस्कृतीक कार्यक्रमबाट एक लाख तेईस हजार रुपैयाँ संकलन भएको थियो । संकलीत उक्त रकम अभिनेता राजेश हमाल, सुमन सिंह र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कुल एक लाख तेईस हजार मध्य प्राविधिक संघको तर्फबाट ४७ हजार ५ सय र साँस्कृतीक कार्यक्रमबाट ७६ हजार रकम संकलन भएको थियो


मेकअप आर्टिस्ट लामा विगत ३५ वर्ष देखी चलचित्र क्षेत्रमा सक्रिय रहंदै आएका थिए । यो अवधीमा उनले ३ सयभन्दा धेरै चलचित्रमा मेकअप म्यानको रुपमा काम गरीसकेका छन् । प्राविधिक संघले आफ्ना सदस्यहरुको समस्यालाई मध्यनजर गर्र्दै आकस्मिक कोषको पनि स्थापना गरेको अध्यक्ष पुस्कर लामाले नेप्लीउडलाई जानकारी गराएका छन् । 


Powered by Blogger.