दशौं नेफ्टा अवार्ड फागुन ३० मा हुदै !

दशौं नेफ्टा अर्वाड आगामी फागुन ३० गते हुने भएको छ । केही दिन अघि नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले  वसन्तपञ्चमीको अवसरमा फागुन ३० मा दशौं अवार्ड गर्ने घोषणा गरेका हुन् । सधै जस्तो यस पटकको अर्वाड पनि बिदेशमै हुने बुझिएको छ । आगामी हप्ता देखी पाँच सदस्सीय जुरीले  फिल्म हेर्न सुरु गर्ने भएका छन् भने उत्क्रृठ पाँच घोषणा कार्यक्रम्मै अवार्ड हुने देश पनि घोषणा हुने बताईएको छ ।
यसै अर्वाड कार्यक्रमको लागी साँस्कृतीक प्रस्तुती दिने कलाकारहरुले अबको दुई हप्ता पछिबाट तयारी समेत सुरु गर्ने जानकारी गराईएको छ । यो सँगै नेफ्टाको एघारौं संस्करण पनि २०७५ सालको दशैं अगाडी नै हुने बताईएको छ ।
नेफ्टाले विगतमा नेपाल सँगै मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।

Powered by Blogger.