बाँचुन्जेल पशुपती मरेनी पशुपती (हेर्नुस भिडियो सहित)

आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र हुर्रे को आईटम गित रिलिज गरीएको छ । बाँचुन्जेल पशुपती मरे नि पशुपती बोल रहेको यस गितमा अभिनेत्री निता ढुंगानाले जोडतोड नृत्य गरेकी छिन् । पशुपती क्षेत्र भित्र छायांकन गरीएको यस गितमा कोरीयोग्राफी बिक्रम स्वारले गरेका छन् । कालिप्रसाद बाँसकोटाको संगित रहेको यस गितमा झुमा लिम्बु र कालिप्रसादकै स्वर रहेको छ ।
फागुन २५ गतेलाई सार्वजनीक प्रर्दशनको मिति तोकेको यस चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रमा अंकीत खड्का,राजाराम पौडेल,केकी अधिकारी,विजय बराल,अनुप बिक्रम शाही,संगिता नापीत लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
हुर्रे मा शिब ढकालको छायांकन, चन्दन दत्तको सम्पादन रहेको छ भने दावा शेर्पा,छिरिङ देर्जे र सोनम लामा लगायतले निर्माण गरेका हुन् ।


Powered by Blogger.