मिस्टर झोले ले गर्यो कभर भिडियो बिजेतालाई पुरस्कार बितरण !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र मिस्टर झोले निर्माण पक्षले आफ्नो चलचित्रको कभर भिडियो प्रतिस्पर्धाका बिजेताहरुलाई पुरस्कार बितरण गरेको छ । झोले टिमले केही समय पहिले ओखती बोल रहेको गितमा कभर डान्स भिडियो प्रतिस्पर्धाको आव्हान गरेको थियो । आउँदो सुक्रबारबाट सार्वजनीक प्रर्दशन हुन लागेको यो चलचित्रले पहिलो,दोश्रो र तेश्रोलाई क्रमसः एक लाख पच्पन्न हजार,एक लाख पच्चीस हजार र एक लाख पाँच हजार पुरस्कार प्रदान गरेको छ । निर्माण पक्षले जानकारी गराए अनुसार प्रतिस्पर्धाको लागी २५ ओटा डान्स भिडियो प्राप्त भएका थिए ।

प्रतिस्पर्धाबाट क्रिस्टल क्लाउज क्रु प्रर्थम,किसन एण्ड डान्स क्रु दोश्रो र द डाईनामीक क्रु तोश्रो बन्न सफल भएका छन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ्ग राई,दिया पुन,वर्षा राउत,पुस्कर गुरुङ्ग लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् भने रामबाबु गुरुङ्गको लेखन,निर्देशन,कालि प्रसाद बास्कोटा,सुजेन कार्कीको संगित,रवि न्यौपानेको छायांकन,निमेष श्रेष्ठको सम्पादन र बिक्रम स्वारको कोरीयोग्राफी रहेको छ ।


Powered by Blogger.