हलिउडको फिल्मबाट प्रभावित भएको छ शेरबहादुर !

माघ १९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र शेरबहादुरले प्रचार प्रसारलाई तिब्रता दिएको छ । यसै क्रममा आज शेरबहादुर निर्माण पक्षले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । यसै कार्यक्रममा बोल्ने क्रममा चलचित्रका मुख्य अभिनेता सुनिल थापाले यो चलचित्र हलीउडको एउटा चलचित्रबाट प्रभावीत भएर निर्माण गरीएको बताएका छन् । उनले अगाडी थापे, शेरबहादुरमा म दृष्टी विहिन रिटियार आर्मीको भुमीकामा देखीएको छु । दर्शकले थापालाई यो भुमिकामा कत्तिको स्विकार गर्छन ? त्यो भने माघ १९ पछि मात्रै थाहा हुने छ । त्यस्तै उत्त कार्यक्रममा अभिनेता कर्मा,रविन्द्र झा र अभिनेत्री मेनुका प्रधानले पनि आ आफ्नो भुमिकाको विषयमा बताएका थिए ।
धिराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने गौरीशंकर धुजु र धिराज राजबंसीले लगानी गरेका छन् ।  शेरबहादुरको उपत्यका बितरण गोपालकाजी कायस्थले  गर्दैछन् । 

Powered by Blogger.