सत्रुगतेको गित रिलिज, ७ सर्ट, एक था टाईगरको हुबहु कपी (हेर्नुस दुबै गित)

आज चलचित्र सत्रु गतेको दोश्रो गित रिलिज भएको छ । पिरतीको बर्को बोल रहेको यस गितमा कालीप्रसाद बासकोटाको संगित र स्वर रहेको छ भने शब्द अर्जुन भट्टराईको रहेको छ । यो गितको स्वर, शब्द र संगितमा केही नौलो पन देखीए पनि भिडियोमा भने खास्सै नौलो पन देखीएको छैन । भिडियोको १ मिनेट ४४ सेकेन्ड बाट १ मिनेट ५८ सेकेन्ड सम्म हिन्दी चलचित्र एक था टाईगरको बन्जारा बोल रहेको गितको भिडियो सँग हुबहु कपी गरीएको देखीएको छ । कपी यति सम्म गरीएको छ कि कलाकारको ड्रेस,कोरीयोग्राफी र खिचाई सबै ठ्याक्कै मिलेको देखीएको छ ।
प्रदिप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई मह संचारको ब्यानरमा दिपकराज गिरि,दिपाश्री निरौला,नरेन्द्र कंसाकार,शिबहरी पौडेल,यसोधा श्रेष्ठ र रमिला आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Powered by Blogger.