हेर्नुस दर्शकबाट यस्तो प्रतिकृया पायो मिस्टर झोले ले (भिडियो सहित) !

गत सुक्रबारबाट प्रर्दशन आरम्भ गरेको चलचित्र मिस्टर झोले ले दर्शकको राम्रै साथ र प्रतिकृया पाएको समाचार प्राप्त भएको छ । यस चलचित्रका बिरतक गोविन्द शाहीले नेप्लीउडलाई दिएको जानकारी अनुसार यो चलचित्रले सुक्रबार ७० प्रतिशत र शनिबार ९० प्रतिशत भन्दा धेरै अकुपेन्सीको ब्यापार गर्न सफल भएको छ ।
चलचित्रको निर्माण टिम शनिबार कलाकार सहित दर्शकको प्रतिकृया लिनको लागी सिनेमा हलमा पुगेका थिए । त्यस क्रममा दर्शकबाट निकै सकारात्मक प्रतिकृया पाएको निर्माता द्धय टेकेन खड्का र रौनक बिक्रम कंडेलले मिडियाहरुलाई बताएका छन् । उनिहरुका अनुसार दर्शकले आफ्नो चलचित्र निकै रुचाएका छन् । दर्शकहरुको यो साथले गर्दा आफुहरु थप चलचित्र निर्माण गर्नको लागी उत्साहीत भएको बताएका छन् ।
यसै क्रममा हङकङमा हुने प्रिमियरको लागी कलाकार दयाहाङ्ग राई,दिया पुन र निर्देशक रामबाबु गुरुङ्ग हङकङ पुगिसकेका छन् । मिस्टर झोले आजै हङकङमा बिशेष प्रिमियर हुँदै छ ।


Powered by Blogger.