यस्तो छ ईन्टु मिन्टु लण्डनमा को फस्टलुक !



कोरीयोग्राफर रेनेशा राई बान्तवाको डेब्यु निर्देशन गरेको चलचित्र ईन्टु मिन्टु लण्डनमा को अहिले धमाधम लण्डनमा छायांकन भैरहेको समाचार प्राप्त भएको छ । समाचारका अनुसार अहिले सम्म यो चलचिको ७५ प्रतिशत छायांकन सकिएको छ । नेपालको सबै छायांकन सकेर बेलायत पुगेको चलचित्रको निर्माण पक्षले उतैबाट चलचित्र फस्टलुक स्वरुप केही तस्विरहरु सार्वजनीक गरेको छ । सार्वजनीक भएका तस्विरहरुमा अभिनेत्री साम्राज्ञी शाह र नव अभिनेता धिरज मगरलाई प्रस्तुत गरिएको छ । चलचित्रको बाँकी छायांकन अब चैत बैशाखमा मात्रै खिचिने निर्माण पक्षले बताएको छ । निर्माण पक्षका अनुसार बाँकी २५ प्रतिशत छायांकन पनि बेलायतमा हुने छ ।
आईकोर फिलिम्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेको यस चलचित्रमा सुलेखा राई,बसन्त तामाङ्ग र सुस्मिता जिरेल सह निर्माताको रुपमा रहेका छन् ।




Powered by Blogger.