मिस्टर भर्जीनमा छुल्ठीमको ठुम्का (हेर्नुस फोटो फिचरमा)

यौनको विषयलाई लिएर निर्माण सुरु गरीएको चलचित्र मिस्टर भर्जीन को छायांकन समाप्त भएको छ । आईटम गितको छायांकन गर्दै यस चलचित्रको ईन्ड क्ल्याप गरीएको हो । चलचित्रको अन्तमा छायांकन गरीएको यो आईटम गितमा अभिनेत्री छुल्ठीम गुरुङ्गले ठुम्का लागाएकी छिन् भने उनि सँगै अभिनेता कमलमणी नेपाल र गौरव पहाडीले पनि जोडतोड नृत्य गरेका छन् ।
विशारद बस्नेतको निर्देशनमा निर्माण भैरहेको यस चलचित्रको बजेट एक करोड भन्दा माथी रहेको निर्माण पक्षले जानकारी गराएको छ ।

मिस्टर भर्जीनलाई महेश दवाडीले लेखेका छन् भने रामेश्वर कार्कीको छायांकन,विक्रम स्वाँर र दिपकमान शिंहको कोरीयोग्राफी रहेको छ भने गौरव पहाडी,कमलमणी नेपाल,मरिस्का पोख्रेल,विजय बराल,भोलाराज सापकोटा,रविन्द्र झा,श्रृजना सुब्बा लगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई वल्र्डवाईड फिल्म डिस्ट्रीब्युसन कम्पनीको ब्यानरमा खिलेन्द्र तिमल्सीना,प्रजापती सिवाकोटी,मुकेश रेग्मी,सन्दीप उप्रेती र विशारद बस्नेतले लगानी गरेका छन् ।



Powered by Blogger.