आजबाट सिनेमा हलमा मिस्टर झोले !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट सिनेमा हलमा चलचित्र मिस्टर झोले प्रर्दशन भएको छ । यस चलचित्रका बितरक गोविन्द शाहीले नेप्लीउडलाई दिएको जानकारी अनुसार आजबाट मिस्टर झोले देश भरका ८५ ओटा हलमा प्रर्दशन भैरहेको छ । अर्गानीक चलचित्र बनाउन प्रखर मानिएका निर्देशक रामबाबु गुरुङ्गको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ्ग राई,दिया पुन,बुद्धि तामाङ्ग,प्रविण खतीवडा,विजय बराल,अरुणा कार्की,वर्षा राउत लगायत कलाकारले अभिनय गरेका छन् भने यस चलचित्रलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा रौनक बिक्रम कंडेल र टेकेन खड्काले निर्माण गरेका हुन् ।

Powered by Blogger.