मसिक पत्रिका मिलापले ग¥यो गजल वाचन कार्यक्रम !

मासिक पत्रिका मिलाप को आयोजनामा शनिबार सर्वनाम थिएटर कालिका स्थानमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । तिन युवा गजलकारहरु मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले पाँच÷पाँच वटा गजल वाचन गरेको उक्त कार्यक्रमको प्रयोजन बराह ज्वेलरीले गरेको थियो । सोही कार्यक्रमको अवसरमा  धरोहर बाल संरक्षणकी संचालिका बिनिता अर्याललाई नगद रु पन्ध्र हजार सहित सम्मान गरिएको थियो,
अभिनेत्री तथा गायिका सारिका घिमिरेको स्वागत् मन्तव्यबाट सुरु भएको कार्यक्रममा तीनै जना गजलकारलाई कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुकार पौडेलको हातबाट सम्मान पत्र प्रदान गरेको थियो । उत्त कार्यक्रममा विशिष्ट कलाकार बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, उत्तम के.सी. निर्मल शर्मा, लय संग्रौलाका साथै संगीतकारहरुमा राजु सिंह, राम सिटौला, सन्तोष श्रेष्ठ र ललित–कला प्राज्ञ ज्योति प्रकाश तथा संगीत–कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतका कलाकार एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई गजलकार बाबु त्रिपाठीले संचालन गरेका थिए भने कार्यक्रमको समापन कार्यक्रम सभापति गीता अधिकारीले गरेकी थिइन ।

Powered by Blogger.