लिलिबिलिको पहिलो गित सार्वजनीक (भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र लिलिबिलि ले पहिलो गित सार्वजनीक गरेको छ । ईज ईट लभ बोल रहेको यस गितमा यलिस कार्कीको संगित,राजेश कुमार श्रेष्ठको शब्द र प्रताप दास,मेलिना राईको स्वर रहेको छ । यस गितको भिडियोमा चलचित्रमा प्रमुख अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ्ग लाई प्रस्तुत गरीएको छ । कविराज गहतराजको कोरीयोग्राफी,सुदिप बरालको सिनेम्याटोग्राफी र अर्जुन जिसिको सम्पादन रहेको यस गितको छायांकन युकेका बिभिन्न स्थानहरुमा गरीएको छ ।
चलचित्र लिलिबिलिलाई काफीया फिलिम्स,टेकेन खड्का प्रोडक्सन र चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरीएको छ भने गोविन्द शाही,टेकेन खड्का निर्माता र मिलन चाम्स निर्देशक रहेका छन् । यस चलचित्रको प्रर्दशन मिति भने तय गरिसकीएको छैन । निर्माण पक्षका अनुसार प्रर्दशन मिति पनि चाँडै तोकीने छ ।

Powered by Blogger.